पढ्न करिब 1 मिनेट लाग्छ

एजेन्सी | अफगानिस्तानमा आएको भीषण भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ । समाचार एजेन्सी एपीका अनुसार तालिबानका प्रवक्ताले पश्चिमी अफगानिस्तानमा मृत्यु हुनेको सङ्ख्या दुई हजार पुगेको जानकारी दिएका छन् ।

अधिकारीका अनुसार यो भूकम्पका कारण ९ हजारभन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण ४६५ भन्दा बढी घर ध्वस्त भएका छन् भने १३५ वटामा क्षति पुगेको छ ।

संयुक्त राष्ट्रका अनुसार भग्नावशेषमा धेरै मानिस दबिएका हुन सक्छन् । स्थानीय प्रशासनले उद्धार कार्य र राहत अभियान जारी रहँदा मृतकको सङ्ख्या थप बढ्न सक्ने आशङ्का गरेका छन् ।

भूकम्पको तीव्रता ६.३ थियो । भूकम्पले इरानको सीमा नजिकै हेरात सहरका भवनमा क्षति पुगेको छ ।