Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
October 12, 2023 समाज

मोदीले नेपाली भूमी भ्रमण गर्दा स्थानीय प्रशासन बेखबर

By साझासवाल 3 मिनेट पढाइ

असोज २५, काठमाडौँ | नेपाली भूमीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गर्दा स्थानीय प्रशासन बेखबर रहेको पाइएको छ । नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै मोदी कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार बिहान साढे ९ बजे उनले नेपाली सीमाभित्र रहेका गुन्जीका सात गाउँ (गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी) को भ्रमण गरेका थिए ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले आफूलाई कुनै जानकारी नभएको बताइन् ।  उनले भने,‘ नेपाली नक्सामा समेटिका गाउँहरु भारतले औपचारिक रुपमा हस्तान्तरण नगरेका कारण त्यहाँ नेपालीलाई जाने अनुमति छैन । त्यहाँ नेपालीलाई हेर्न समेत दिइँदैन ।’

नेपालका अतिक्रमित भूमीहरुरु गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलत्तयु, गब्र्याङ र बुदी नेपाली नक्सामा परेपनि भारतले अस्वीकार गर्दै आएकाले यो कुटनीतिक विषय भएकाले आफूले धेरै बोल्न नमिल्ने बताए । मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि छलफल गरेका छन् ।

उनले मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम रहेको बुझिएको छ । प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।