४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोदीले नेपाली भूमी भ्रमण गर्दा स्थानीय प्रशासन बेखबर

२५ आश्विन २०८०, बिहीबार ०५:२१

असोज २५, काठमाडौँ | नेपाली भूमीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गर्दा स्थानीय प्रशासन बेखबर रहेको पाइएको छ । नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै मोदी कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार बिहान साढे ९ बजे उनले नेपाली सीमाभित्र रहेका गुन्जीका सात गाउँ (गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी) को भ्रमण गरेका थिए ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले आफूलाई कुनै जानकारी नभएको बताइन् ।  उनले भने,‘ नेपाली नक्सामा समेटिका गाउँहरु भारतले औपचारिक रुपमा हस्तान्तरण नगरेका कारण त्यहाँ नेपालीलाई जाने अनुमति छैन । त्यहाँ नेपालीलाई हेर्न समेत दिइँदैन ।’

नेपालका अतिक्रमित भूमीहरुरु गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलत्तयु, गब्र्याङ र बुदी नेपाली नक्सामा परेपनि भारतले अस्वीकार गर्दै आएकाले यो कुटनीतिक विषय भएकाले आफूले धेरै बोल्न नमिल्ने बताए । मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि छलफल गरेका छन् ।

उनले मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम रहेको बुझिएको छ । प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ