२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ईपीएसमार्फत कोरिया जाने कामदारलाई थप कडाइ

२०८०, ३ कार्तिक शुक्रबार ०५:५८

कार्तिक ३, काठमाडौँ | दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आउने नयाँ कामदारलाई थप कडा नियम ल्याएको छ । बिहीबारबाट लागू भएको नयाँ नियम अनुसार कामदारले तोकिएको क्षेत्रमा मात्रै कार्यस्थल परिवर्तन गर्न सकिन्छ ।

यसअघि ईपीएसमार्फत आएका कामदारले इच्छाएको क्षेत्रमा कम्पनी परिवर्तन गर्न सक्थे । नयाँ नियम अनुसार दक्षिण कोरियालाई पाँच क्षेत्रमा बाँडिएको छ । अबदेखि कामदारले आफू आएको क्षेत्रमा मात्रै कार्यस्थल फेर्न सक्नेछन् । यस्तो नियमलाई प्रवासी मजदुर युनियन एमटियूले भने विरोध गरेको छ । विदेशी कामदारलाई बढी सुविधा दिनुपर्नेमा झन् कडा कडा नियम ल्याएर बँधुवा मजदुरको रुपमा व्यवहार गर्दै आएको एमटियूले जनाएको छ । पहिलेदेखि नै कार्यस्थल परिवर्तन गर्दा रोजदाताको अनुमति चाहिने गर्दछ ।

नेपाल, श्रीलंका, बंगालादेश लगायत १६ वटा देशबाट कामदार ईपीएसमार्फत कामदार कोरियामा आउँछन् । कोरियाली सरकारले गत जुलाईमै यस्तो नियम ल्याउने निर्णय गरेको थियो । मजदुर युनियनहरुको विरोधका कारण सेप्टेम्बरबाट नै लागू गर्ने नियम केही समय रोकिएको थियो । अहिले ईपीएसमार्फत कोरियामा काम गर्ने कामदारको संख्या चार लाखको हाराहारीमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल