Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 4, 2023 समाज

भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १८, काठमाडौं | जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।

त्यस्तै रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले आज अपराह्न साढे ३ बजे अध्यावधिक गरेको विवरण अनुसार भूकम्पमा परी १४३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो |