१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विदेश पठाउन फर्जी कागजात बनाउने गिरोहको दुई वटा कारखानामा प्रहरीको छापा, ९ जना पक्राउ

१९ कार्तिक २०८०, आईतवार १०:३५

कात्तिक १९, काठमाडौँ | विदेश पठाउन  फर्जी कागजात बनाउने गिरोहको दुई वटा कारखानामा प्रहरीले छापा मारेको छ । 

टोखा र स्वयम्भूमा सञ्चालित कारखानामा छापा मारिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । नक्कली कागजात बनाउने काममा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । 


पक्राउ पर्नेमा नवलपुरको मध्यबिन्दु नगरपालिका–५ घर भएका जयराम श्रेष्ठ, गोरखाका ३४ वर्षीय भक्त बहादुर थापा, विपिन ढकाल,  अजित फेवाली, उदयपुरका आशिष श्रेष्ठ, काभ्रे घर भएका जीवराज तामाङ, काठमाडौँका साईरस बिसंखे, दीपक केसी र सल्यान घर भएका बल बहादुर रावत छन् । डिएसपी गोविन्द पन्थी नेतृत्वको टिमले त्यसबारे लामो अनुसन्धान गरेको थियो । 

सल्यान घर भएका बल बहादुर रावतले टोखामा फ्ल्याट भाडामा लिएर कारखाना सञ्चालन गरेका हुन् । स्वयम्भूमा दीपक केसीले प्लसटु को नक्कली कागजात बनाउने कारखाना सञ्चालन गरेको एसपी रेग्मीले जानकारी दिए ।

नवलपुरको मध्यबिन्दु नगरपालिका–५ घर भएका जयराम श्रेष्ठले भिजिट भिषामा विदेश जान चाहने ग्राहक खोजेर नक्कली कागजात तयार गर्नका लागी दीपक केसी र बल बहादुर रावतसँगको सम्पर्कमा लैजाने गरेका थिए ।

अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा रहेका भक्तबहादुरले नयाँ बसपार्कमा ट्राभल एजेन्सी सञ्चालन गरेका छन् । काभ्रे घर भएका जीवराज तामाङ प्रहरी जवान हुन् । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत तामाङले विदेश पठाउन ‘सेटिङ’ मिलाउन सहयोग गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । किर्ते काम गर्ने गिरोहले प्रतिव्यक्ति ५० हजारसम्म लिएर कागजात बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार