कार्तिक २३, झापा । झापामा भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । बुद्धशान्ती गाउँपालिका-५ बस्ने ३५ वर्षीय रोशन अधिकारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ वर्षीय धन बहादुर कट्वालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले अधिकारीलाई खुकुरीसहित पक्राउ गरेको हो ।

November 9, 2023
समाज
खुकुरी प्रहार गरी भिनाजुको हत्या
By साझासवाल
2 मिनेट पढाइ