Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 10, 2023 समाज

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

कार्तिक २४, काठमाडौँ | कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहिबार बसुन्धराबाट मोरङको पथरी शनिश्चरे-७ घर भइ हाल काठमाडौंको मनमैजु बस्ने ३३ वर्षीय भिम बहादुर तामाङलाई पक्राउ गरेको हो ।

तामाङले अनिता मगरातीलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै एक लाख छयासी हजार रुपियाँ लिएर सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ । तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।