पढ्न करिब 1 मिनेट लाग्छ

कार्तिक २७, काठमाडौँ | राहत सामग्री जलाउने दुई जना पक्राउ परेका छन्।

रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ का ३६ वर्षीय गोपाल बुढा र २५ वर्षीय खिमबहादुर पुनलाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार उनीहरूले आइतबार बेलुका साढे पाँच बजेतिर भूकम्प पीडितका लागि वितरित राहत सामग्री जलाएका थिए। राहत सामग्रीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले पेट्रोल छर्किएर कम्बलहरू जलाएका थिए।

प्रहरी हवल्दार लालबहादुर कार्कीको कमाण्डमा खटिएको दुई जनाको प्रहरी टोलीले राहत सामग्री जलाउँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिएको थियो। आरोपितलाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमको प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताए।

‘राहत वितरणप्रति असन्तुष्टि जनाउँदै बुढा र पुनले आठ वटा कम्बलहरू पेट्रोल छर्किएर जलाएर नष्ट गरेको भन्ने सूचना प्राप्त भएको छ,’ डिएसपी भट्टराईले भने, ‘अरूले धेरै राहत पाएको र आफूले कम पाएको भन्ने मुख्य गुनासो उहाँहरूको हो भन्ने छ।’

पक्राउ परेका व्यक्तिहरूमाथि सोधपुछ तथा अनुसन्धान हुन बाँकी रहेको डिएसपी भट्टराईले बताए।