१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ

१ मंसिर २०८०, शुक्रबार १०:१७

मङ्सिर १, धनगढी | धनगढीमा अस्पतालबाटै ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) पक्राउ परेका छन्।

कात्तिक २६ गते धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक रमेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

दार्चुलाको ४३ नम्बर गणमा कार्यरत भण्डारीलाई तालिमका लागि पोखरा पठाइएको थियो। तिहारको बिदामा उनी धनगढी पुगेका थिए। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार अस्पतालको सिसिटिभी फुटेजका अनुसार कात्तिक २६ गते राति ११ बजेर ४८ मिनेटको समयमा भण्डारीले ल्यापटप चोरीको गरेको देखिन्छ।


महत्वपूर्ण विवरण राखिएको ल्यापटप चोरी भएपछि अस्पतालले प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

उक्त सिसिटिभी फुटेजको आधारमा चोरी गर्ने व्यक्ति सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक भएको खुलेपछि जिल्ला प्रहरी कार्यालयले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेको थियो। सोही अनुसार सशस्त्र प्रहरी बलले नै असई भण्डारीलाई नियन्त्रणमा लिएर बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको प्रहरी नायब उपरीक्षक चन्दले बताए।

उनका अनुसार भण्डारीमाथि चोरी मुद्दा दर्ता भएको छ। सात दिन म्याद थप गरेर भण्डारीमाथि थप अनुसन्धान भइरहेको छ।

अपराधलाई नियन्त्रण गरेर समाजमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएका सुरक्षाकर्मीबाटै चोरीका घटना हुँदा प्रहरी संगठन लज्जास्पद भएको डिएसपी चन्दको भनाइ छ।

यसअघि पनि कात्तिक १ गते मुख्यमन्त्री कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करण बहादुर चन्द चरेस र चितुवाको छालासहित पक्राउ परेका थिए।

एकपछि अर्काे गरी सुरक्षाकर्मी नै विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएका घटना सार्वजनिक हुन थालेपछि सर्वसाधारण नागरिकले प्रहरी संगठनप्रतिको विश्वास गुमाउने वातावरण सिर्जना भएको बताइएको छ। अपराधिक क्रियाकलापमा संलग्न भएका कानुनी दायरामा ल्याएर कर्मचारी शुद्धीकरणको गर्न आवश्यक रहेको चन्दले बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार