पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मङ्सिर २, मकवानपुर | </b>हेटौँडामा स्कुटरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । आइतबार साँझ धरान चतरा सडकअन्तर्गत हेटौँडा–१७ बाबुचोकमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । <br></p><p>ठुलो दमारबाट हटिया तर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदल यात्री ४३ वर्षीय गोपिनी विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए । </p><p>स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका विश्वकर्माको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने स्कुटर र चालक हेटौँडा–१ का ३५ वर्षीय ईलेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए ।</p>

