२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा बस भित्तामा ठोक्किँदा ६ जना घाइते

२०८०, ८ मंसिर शुक्रबार ११:३७

मङ्सिर ८, सल्यान  | सल्यानमा गुडिरहेको बस भित्तामा ठोक्किएर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । दाङको तुलसीपुरदेखि सल्यानको दार्मा जाँदै गरेको ना ३ ख ३९९६ नम्बरको बस राप्ती राजमार्गअन्तर्गत शारदा नगरपालिका-६ भट्टाचौर नजिकै शुक्रबार दिउँसो ३ बजेतिर भित्तामा ठोक्किएको हो ।

दुर्घटना हुँदा बसमा सवार कुमाख गाउँपालिकाका २७ वर्षीय सहचालक लालबहादुर घर्ती, दाङको बबई गाउँपालिकाका ३८ वर्षीय कुशलबहादुर डाँगी, तुलसीपुर उपमहानगरपालिका-७ की ५५ वर्षीया सावित्रा ओली, राप्ती सोनारी गाउँपालिका बाँकेकी ५३ वर्षीया डिला खड्का, बाग्चौर नगरपालिका २ की ७८ वर्षीया झुपा केसी र १० वर्षीय सुशान्त केसी घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए ।

घाइते सबैको स्थानीय र प्रहरीले उद्धार गरेका थिए । सहचालक शाहीको अवस्था गम्भीर रहेको प्रनाउ कार्कीले जनाए । उनका अनुसार घाइते सबैको श्रीनगरस्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

राप्ती राजमार्ग कालोपत्रे गर्नका लागि तारकोल (अलकत्रा) बिछ्याइएको र त्यसमै चिप्लिएर बस भित्तामा ठोक्किन पुगेको प्रनाउ कार्कीले जानकारी गराए । उनका अनुसार बसमा २५ जना यात्रु सवार थिए ।

चालक छत्रेश्वरी गाउँपालिका-६ भोटेचौर घर भएका ४४ वर्षीय तीलक विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी