Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 5, 2024 समाज

सशस्त्र प्रहरीमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुल्यो

By साझासवाल 2 मिनेट पढाइ

पुस २०, काठमाडौं | सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ ।

सशस्त्र प्रहरीले बलले आज जारी गरेको सुचनाअनुसार सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा नयाँ भर्ना खुलेको हो ।

सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पदमा खुला ५३ सहित ९८ र परिचर पदमा खुला ५० सहित ९१ जनाका लागि भर्ना खुलाएको हो ।

सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक पदका लागि पुस २० गतेदेखि माघ २१ गतेसम्म दरखास्त फारम बुझाउन सकिने छ । दोब्बर दस्तुर तिरेर माघ २२ गतेदेखि २८ गतेसम्म फारम बुझाउन सकिने छ ।