Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 6, 2024 समाज

सर्लाहीको बरहथवा क्षेत्रमा भोलि बिहान ८ बजेसम्म निषेधाज्ञा

By साझासवाल 3 मिनेट पढाइ

पुस २१, काठमाडौँ | जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा बजार क्षेत्रमा निषेधाज्ञाको समय थप गरेको छ ।

कार्यालयले  सूचना जारी गर्दै आज बिहान ८ देखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । यसअघि हिजो साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको थियो ।

कार्यालयले पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुल क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

निषेधित समय र क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिँड्डुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने जनाइएको छ । आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार  भएको प्रदर्शनमा बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शनको क्रममा प्रहरी र स्थानीयबिच भएको झडपमा प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो ।