२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हनुमत रथयात्रा : जानकी मन्दिरमा पूजाअर्चना

२०८०, २१ पुष शनिबार ०९:५३

पुस २१, महेन्द्रनगर | भारतको कर्नाटक राज्य किस्किन्धाबाट आएको हनुमत रथयात्राका टोलीले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेको छ । बिहीबार धनुषाको जटही नाका हुँदै जनकपुरधाम प्रवेश गरेको उक्त रथयात्रामा सहभागीले जानकी मन्दिरमा शुक्रबार आरती गरेपश्चात् नगर परिक्रमा गरेको थियो ।

आज जनकपुरधामबाट काठमाडौँका लागि रथयात्रा प्रस्थान गर्ने तयारी भइरहेको अयोध्याबाट आएका धर्मगुरु शङ्कराचार्यले बताए । भगवान् हनुमानको जन्म भारतको किस्किन्धामा हनुमानको प्रतिमा सातसय पाँच फिट अग्लो बनाउने र त्यसको वरपर धाम निमार्ण गर्ने उद्देश्यले रथयात्रा निकालिएको किस्किन्धाबाट आएका गुरु स्वामीले बताए । निर्माण गरिने हनुमानको उक्त प्रतिमा विश्वको सबैभन्दा ठूलो हुने उनको भनाइ थियो । उनका अनुसार रथयात्रा १२ वर्षसम्म चल्नेछ ।

सन् २०३२ सम्म रथयात्रा पूर्ण हुने भएकाले जानकी माताको पूजाअर्चना गर्न किस्किन्धाबाट गुरु स्वामी र अयोध्याबाट धर्मगुरु शङ्कराचार्य, गङ्गाधर पाठक, राष्ट्रिय संयोजक विमलकुमार केडिया, संस्कृति एवं धार्मिक संयोजक केसवसहितका धर्मगुरु जनकपुरधाम आएका छन् ।

शुक्रबार बेलुका जानकी मन्दिरमा रथ हेर्न र पूजा गर्न श्रद्धालु भक्तजनको भीड लागेको थियो । त्यस क्रममा गुरु पाठकले इतिहासमै पहिलोपटक भगवान् हनुमान् आफ्नो जन्म भूमिबाट सिधा सीतामाताको भूमिमा आएको जानकारी दिए । उनले यात्रामा सहभागी भएर सीतामाताको भूमिमा आउँदा खुसी लागेको बताए ।

गुरु पाठकले भने, “अयोध्यामा निर्माण भएको राम मन्दिरजस्तै किस्किन्धामा पनि हनुमानको मन्दिर एवं धाम निर्माण भइरहेको छ ।” सम्पूर्ण जनकपुरधामबासी एवं नेपालीलाई उनले एक पटक किस्किन्धा पुगेर हनुमानको जन्मस्थलको दर्शन गर्न आमन्त्रण गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी