Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 6, 2024 समाज

म्याग्दीमा छपनी प्रहार गरि एकजनाको हत्या, दुई घाइते

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २१, म्याग्दी | म्याग्दीको मालिका गाउँपालिका-७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन् ।

छपनी प्रहार हुँदा मालिका-७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

उनका अनुसार मनिषाकी सात वर्षीया नातिनी प्रियंका गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् । घटनास्थलमा पुगेका प्रहरी कुँवरले हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको बताए ।

मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियंका र अमृतालाई चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ । घाइते दुवैलाई थप उपचारका लागि दरवाङबाट हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको प्रनाउ कुँवरले जानकारी दिए। उनका अनुसार दरवाङ प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार गरी पोखरा पठाइएको हो ।

प्रियंकाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रनाउ कुँवरले जानकारी दिए । घटनाको विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको उनले बताए ।