Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 10, 2024 समाज

‘तपस्वी’को भेषमा ‘लिटिल बुद्ध’को विलाशी जीवनशैली, ५ करोडको गाडी किन्ने तयारीमा रहँदा पक्राउ

By साझासवाल 4 मिनेट पढाइ

पुस २५, काठमाडौँ | व्यक्ति वेपत्ता पारेको तथा बाल यौन दुराचारको आरोप लागेका रामबहादुर बम्जनले ‘तपस्वी’को भेषमा विलाशी जीवनशैली जिउने गरेको तथ्य बाहिरिएको छ। बम्जनले करोडौं मूल्यका गाडी र लाखौं मूल्यका मोटरसाइकलहरु प्रयोग गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गर्नु अगाडिसम्म बम्जनका लागि ५ करोड मूल्य पर्ने ल्यान्ड क्रुजर गाडी किन्ने तयारी भइसकेको थियो। त्यसका लागि ३ करोड रुपैयाँ भुक्तानी समेत भइसकेको पाइएको छ।

पक्राउ पर्नु अगाडिसम्म उनले टोयोटाको फर्चुनर गाडी चढ्ने गरेका थिए। जसको मूल्य नेपाली बजारमा २ करोड ३२ रुपैयाँसम्म पर्छ। प्रहरीका अनुसार बम्जनले क्रस फायर कम्पनीको डर्ट बाइक, ३०९ सीसीको केटिएम ड्यूक लगायत मोटरसाइकल समेत प्रयोग गर्ने गरेका थिए।

‘लिटिल बुद्ध’का नामले चर्चित भएका बम्जनविरुद्ध आफ्ना अनुयायीहरुलाई बेपत्ता बनाएको तथा बाल यौन दुरुचारको आरोप छ। बाल यौन दुराचारको अभियोगमा सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी गरे पनि बम्जन लामो समयसम्म फरार थिए।

प्रहरीले बम्जनको खोजीका लागि उनका केही आश्रमहरुमा समेत ‘सर्च अपरेशन’ समेत चलाएको थियो, तर भेटिएनन्। पछिल्लो समय उनी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ टनगाउँस्थित आफ्नो निवासमा रहेको सूचनापछि सीआईबीले निगरानी बढाएको थियो।

मंगलबार साँझ ७:१५ बजेतिर सीआईबीले उनलाई बुढानीलकण्ठ–६ स्थित निजी निवासबाट पक्राउ गरेको थियो। प्रहरीले उनको निवासबाट नेपाली रुपैयाँ ३ करोड ३ लाख ७५ हजार ४०६ र ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा समेत बरामद भएको जनाएको छ।

उनको निवासबाट मोटरसाइकलका ३ थान बिलबुक, टोयोटा हाइलक्स गाडीको साँचो, विभिन्न ब्राण्डका पेनड्राइभ २० थान, १४ थान मोबाइल, ५ थान ट्याबलेट समेत बरामद भएको सीआईबीले जनाएको छ।