१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘तपस्वी’को भेषमा ‘लिटिल बुद्ध’को विलाशी जीवनशैली, ५ करोडको गाडी किन्ने तयारीमा रहँदा पक्राउ

२५ पुष २०८०, बुधबार ०९:०४

पुस २५, काठमाडौँ | व्यक्ति वेपत्ता पारेको तथा बाल यौन दुराचारको आरोप लागेका रामबहादुर बम्जनले ‘तपस्वी’को भेषमा विलाशी जीवनशैली जिउने गरेको तथ्य बाहिरिएको छ। बम्जनले करोडौं मूल्यका गाडी र लाखौं मूल्यका मोटरसाइकलहरु प्रयोग गर्ने गरेको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गर्नु अगाडिसम्म बम्जनका लागि ५ करोड मूल्य पर्ने ल्यान्ड क्रुजर गाडी किन्ने तयारी भइसकेको थियो। त्यसका लागि ३ करोड रुपैयाँ भुक्तानी समेत भइसकेको पाइएको छ। 


पक्राउ पर्नु अगाडिसम्म उनले टोयोटाको फर्चुनर गाडी चढ्ने गरेका थिए। जसको मूल्य नेपाली बजारमा २ करोड ३२ रुपैयाँसम्म पर्छ। प्रहरीका अनुसार बम्जनले क्रस फायर कम्पनीको डर्ट बाइक, ३०९ सीसीको केटिएम ड्यूक लगायत मोटरसाइकल समेत प्रयोग गर्ने गरेका थिए। 

‘लिटिल बुद्ध’का नामले चर्चित भएका बम्जनविरुद्ध आफ्ना अनुयायीहरुलाई बेपत्ता बनाएको तथा बाल यौन दुरुचारको आरोप छ। बाल यौन दुराचारको अभियोगमा सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी गरे पनि बम्जन लामो समयसम्म फरार थिए। 

प्रहरीले बम्जनको खोजीका लागि उनका केही आश्रमहरुमा समेत ‘सर्च अपरेशन’ समेत चलाएको थियो, तर भेटिएनन्। पछिल्लो समय उनी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ टनगाउँस्थित आफ्नो निवासमा रहेको सूचनापछि सीआईबीले निगरानी बढाएको थियो। 

मंगलबार साँझ ७:१५ बजेतिर सीआईबीले उनलाई बुढानीलकण्ठ–६ स्थित निजी निवासबाट पक्राउ गरेको थियो। प्रहरीले उनको निवासबाट नेपाली रुपैयाँ ३ करोड ३ लाख ७५ हजार ४०६ र ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा समेत बरामद भएको जनाएको छ। 

उनको निवासबाट मोटरसाइकलका ३ थान बिलबुक, टोयोटा हाइलक्स गाडीको साँचो, विभिन्न ब्राण्डका पेनड्राइभ २० थान, १४ थान मोबाइल, ५ थान ट्याबलेट समेत बरामद भएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो