Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 16, 2024 समाज

पशुपतिको जलहरी प्रकरण : निलम्बित सदस्य सचिव थापा ३ लाख धरौटीमा रिहा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ २, काठमाडौँ | </b>पशुपतिको जलहरी निर्माण भ्रष्टाचारका आरोपित एवं पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापा तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।<br></p><p>उनी पुसको २५ गते धरौटी बुझाएर रिहा भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापासहित तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल र स्टोरकिपर अरूणकुमार श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको थियो।&nbsp;</p><p>आयोगले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख १ हजार ७८१ रूपैयाँ ८५ पैसा बिगो मागदाबी गरेको थियो । ढकाल र श्रेष्ठ भने अदालतमा हाजिर भएका छैनन्। उनीहरू फरार छन्।</p>