Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 24, 2024 समाज

नेपालका प्रमुख ब्याटर अर्जुन पाकिस्तानविरुद्ध सुरुवातमै आउट

By साझासवाल 2 मिनेट पढाइ

माघ १०, काठमाडौँ | नेपाली क्रिकेट टोलीका प्रमुख ब्याटर अर्जुन कुमाल आईसीसी यू-१९ विश्वकप २०२४ मा पाकिस्तानविरुद्ध सुरुवातमै आउट भएका छन् ।

अर्जुनलाई पाँचौं ओभरको दोस्रो बलमा अहमद हसनले ६ रनमा बोल्ड आउट गरेका छन् । पहिलो खेलमा अर्जुनले न्युजिल्यान्डविरुद्ध ९० रनको इनिङ खेलेका थिए ।

नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । नेपालले ५ ओभरमा १ विकेट गुमाउँदै ३४ रन बनाएको छ ।

विपिन रावल १६ बलमा ३ चौका र १ छक्कासहित २० रनमा क्रिजमा छन् ।

आकाश त्रिपाठी १ रनमा क्रिजमा छन् ।

नेपालले आज ओपनर दीपक बोहरालाई बेन्चमा राख्दै विपिनलाई मौका दिएको थियो । विपिनले सुरुवातमा रामो फाइदा उठाएका छन् ।