माघ ११, काठमाडौँ | नेपाली क्रिकेट टोलीका स्टार अलराउण्डर दीपेन्द्र सिंह ऐरी ग्रेस इन्टरनेशनल ग्रुपको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् ।

बिहीबार एक कार्यक्रमका बीच ग्रेसले दिपेन्द्रलाई एम्बेसडरमा नियुक्त गरेको हो ।

सन् २०१७ देखि नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका दिपेन्द्र नेपालका प्रमुख अलराउन्डर हुन् । २०१७ यता नेपालको सबै सफलतामा दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा उत्कृष्ट योगदान छ ।

ग्रेसको तर्फबाट निर्देशक एन्ड्रयु पौडेल र दीपेन्द्रले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता पत्र दुबैले हस्तान्तरण गरेका थिए । दीपेन्द्रले आफ्नो जर्सी एन्ड्रयु पौडेललाई गिफ्ट प्रदान गरेका थिए । सम्झौता ३ वर्षको हुनेछ ।

ग्रेसले विगत १७ वर्ष देखि अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायतका देशमा पढ्न चाहाने विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आएको छ ।

January 25, 2024
समाज
दीपेन्द्र सिंह ऐरी बने ग्रेसको ब्राण्ड एम्बेसडर
By साझासवाल
2 मिनेट पढाइ