माघ ११, विराटनगर । कोशीमा राष्ट्रियसभा चुनावको अन्य पुरुषतर्फ मतगणना जारी रहँदा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता कृष्ण प्रसाद सिटौला गणनास्थलबाट बाहिरिएका छन् । राप्रपाका उम्मेदवार उद्धवप्रसाद पौडेलले अनपेक्षितरूपमा अग्रता लिएपछि सिटौला छटपटीमा परेका थिए ।

यहाँ गठबन्धनलाई हराउँदै एमालेकी रुक्मिणी कोइरालाले जित हासिल गरेकी छिन् ।

जारी गणनाको क्रममा अन्य पुरुषतर्फ पनि फ्लोरक्रस भएको देखिएको छ । सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य रहेकोमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौलालाई ४५ जनाले भोट हालेका छन् ।

राप्रपा एमाले गठबन्धनका उद्धव पौडेलललाई ४७ जनाले मत हालेका छन् । एकजना सांसदको मत बदर भएको छ । स्थानीय तहको मतगणना जारी छ ।

January 25, 2024
समाज
कोशीमा नतिजा नआउँदै कृष्ण सिटौला मतगणनास्थलबाट बाहिरिए
By साझासवाल
2 मिनेट पढाइ