१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा : शंंकर पोखरेल

१२ माघ २०८०, शुक्रबार १०:४४

माघ १२, काठमाडौं | नेकपा एमालेमा महासचिव शंकर पोखरेलले  सरकारले नागरिकमा निराशा बढाउने काम गरेको बताएका छन् । 

शुक्रबार नेकपा एमाले म्याग्दीको जिल्ला अधिवेशन  उद्घाटन गर्दै पोखरेलले अहिलेको सङ्कटको कारण नै गठबन्धन सरकार भएको बताए । गठबन्धनले मुलुकका कुनै पनि समस्या समाधान गर्न सक्दैन भनेर एमालेले पहिला नै भनेको कुरा प्रमाणित भएको उनले बताए । ‘आज गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा पुगेको छ’, उनले भने । 


देशको स्वाधीनता, स्वाभिमान र रक्षको मामलामा इतिहासकै नालायक र कमजोर सरकारको रूपमा अहिलेको सरकार रहेको पोखरेलले बताए । ‘कुनै एउटामा होइन, हरेक मामिलामा यो सरकार असक्षम र असफल साबित भएको छ’, उनले भने ।

सरकारको विकास निर्माणको काममा कुनै तत्परता नदेखिएको भन्दै उनले आलोचना गरे । उल्टो एमालेको पालामा सुरु भएको राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजनाको वर्तमान सरकारले बजेट कटौतीको काम गरेको उनले बताए । शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन अनेक क्षेत्रका बजेट गठबन्धन सरकारले कटौली गरेको पोखरेलले बताए । 

गठबन्धन सरकार जनताको सरकार नभएर भ्रष्ट, दलाल र तस्करहरूको सरकार भएको उनले बताए । केही दुई नम्बरी काम गर्ने व्यक्तिहरू सरकारको नजिक पुगेर मालामाल भएका उहाँको टिप्पणी छ । सरकारले अवैध अर्थतन्त्रको विकास गरेर देशमा व्यवसायको वातावरण बिगारेको उनको भनाइ छ । 

सरकारको तर्फबाट भएका सबै कमजोरी लुकाउन त्यसमा एमालेलाई जोड्ने प्रयत्न पटक पटक गरिएका भए पनि त्यो असम्भव भएको उनले बता । एमाले सरकारमा नै नभएको बेलमा पनि एमाले माथि प्रहारको निशाना सोझ्याउने काम भएको भन्दै पोखरेलले आपत्ति जनाए । 

याे सरकार माथि अब जबरजस्त दबाब सिर्जना गर्न आवश्यक रहेको उ बताए । मुलुकलाई रसातलमा पुर्‍याउने गठबन्धनका विरुद्ध आँधीबेहरी ल्याउने पर्नेमा उहाँले जोड दिनुभयो । 

केपी ओली नेतृत्वको सरकारले हरेक मामिलामा अग्रगामी भूमिका निर्वाह गरेको उनले दाबी छ । विकास र समृद्धिको काम केपी ओलीको पालामा अग्रगामी हिसाबले अघि बढेको उनले बताए । एमाले सरकारको पालमा कयौँ राष्ट्रिय गौरवका आयोजना अघि बढेका उनले सुनाए । अन्तराष्ट्रिय फोरममा समेत नेपालको प्रधानमन्त्रीले के बोल्छ भनेर सुन्ने वातावरण एमालेको पालामा बनेको उनले प्रष्ट पारे । 

नेकपा एमाले सरकारमा नहुँदा मुलुक कमजोर हुँदो रहेछ भन्ने कुरा प्रमाणित भएको उनले बताए। मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको लागि वर्तमान सरकार अभिशाप साबित भएको उनले टिप्पणी गरे। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक