२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा : शंंकर पोखरेल

२०८०, १२ माघ शुक्रबार १०:४४

माघ १२, काठमाडौं | नेकपा एमालेमा महासचिव शंकर पोखरेलले  सरकारले नागरिकमा निराशा बढाउने काम गरेको बताएका छन् । 

शुक्रबार नेकपा एमाले म्याग्दीको जिल्ला अधिवेशन  उद्घाटन गर्दै पोखरेलले अहिलेको सङ्कटको कारण नै गठबन्धन सरकार भएको बताए । गठबन्धनले मुलुकका कुनै पनि समस्या समाधान गर्न सक्दैन भनेर एमालेले पहिला नै भनेको कुरा प्रमाणित भएको उनले बताए । ‘आज गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा पुगेको छ’, उनले भने । 


देशको स्वाधीनता, स्वाभिमान र रक्षको मामलामा इतिहासकै नालायक र कमजोर सरकारको रूपमा अहिलेको सरकार रहेको पोखरेलले बताए । ‘कुनै एउटामा होइन, हरेक मामिलामा यो सरकार असक्षम र असफल साबित भएको छ’, उनले भने ।

सरकारको विकास निर्माणको काममा कुनै तत्परता नदेखिएको भन्दै उनले आलोचना गरे । उल्टो एमालेको पालामा सुरु भएको राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजनाको वर्तमान सरकारले बजेट कटौतीको काम गरेको उनले बताए । शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन अनेक क्षेत्रका बजेट गठबन्धन सरकारले कटौली गरेको पोखरेलले बताए । 

गठबन्धन सरकार जनताको सरकार नभएर भ्रष्ट, दलाल र तस्करहरूको सरकार भएको उनले बताए । केही दुई नम्बरी काम गर्ने व्यक्तिहरू सरकारको नजिक पुगेर मालामाल भएका उहाँको टिप्पणी छ । सरकारले अवैध अर्थतन्त्रको विकास गरेर देशमा व्यवसायको वातावरण बिगारेको उनको भनाइ छ । 

सरकारको तर्फबाट भएका सबै कमजोरी लुकाउन त्यसमा एमालेलाई जोड्ने प्रयत्न पटक पटक गरिएका भए पनि त्यो असम्भव भएको उनले बता । एमाले सरकारमा नै नभएको बेलमा पनि एमाले माथि प्रहारको निशाना सोझ्याउने काम भएको भन्दै पोखरेलले आपत्ति जनाए । 

याे सरकार माथि अब जबरजस्त दबाब सिर्जना गर्न आवश्यक रहेको उ बताए । मुलुकलाई रसातलमा पुर्‍याउने गठबन्धनका विरुद्ध आँधीबेहरी ल्याउने पर्नेमा उहाँले जोड दिनुभयो । 

केपी ओली नेतृत्वको सरकारले हरेक मामिलामा अग्रगामी भूमिका निर्वाह गरेको उनले दाबी छ । विकास र समृद्धिको काम केपी ओलीको पालामा अग्रगामी हिसाबले अघि बढेको उनले बताए । एमाले सरकारको पालमा कयौँ राष्ट्रिय गौरवका आयोजना अघि बढेका उनले सुनाए । अन्तराष्ट्रिय फोरममा समेत नेपालको प्रधानमन्त्रीले के बोल्छ भनेर सुन्ने वातावरण एमालेको पालामा बनेको उनले प्रष्ट पारे । 

नेकपा एमाले सरकारमा नहुँदा मुलुक कमजोर हुँदो रहेछ भन्ने कुरा प्रमाणित भएको उनले बताए। मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको लागि वर्तमान सरकार अभिशाप साबित भएको उनले टिप्पणी गरे। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक