Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 28, 2024 समाज

घुस लिनेदिने दुवैलाई भ्रष्टाचार मुद्दा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १४, काठमाडौँ | राहदानी विभागमा करारमा कार्यरत् इन्जिनियर प्रदीप भट्टराई र एक सेवाग्राहीविरुद्ध घुस रकम लेनदेनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका प्रदीप भट्टराईले राहदानी बनाएवापत सुमी धामी भन्ने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सँगै सुमित्राले घुस/रिसवत लिने कसुरजन्य कार्य गर्न दुरुत्साहन गरेको पुष्टि भएकाले उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरूसँग ३४ हजार रकम बिगो दाबीसमेत गरिएको छ ।