२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शिवशक्ति बाबाको उदाहरणीय कार्य, झारफुकबाट आएको पैसाले विद्यार्थीलाई पोशाक वितरण

२०८०, १४ माघ आईतवार ०९:१६

माघ १४, विराटनगर | सेवा गर्ने मन भएपछि प्रशस्त धन सम्पत्ति चाहिँदैन भन्ने उदाहरण प्रस्तुत गरेका छन्, मोरङको लेटाङ–९ जाँतेका शिवशक्ति बाबा भनिने सुजन कुमार पूर्वछाने मगरले । 

मगरको दैनिकी औसत मानिस जस्तै चल्ने गर्छ । उनी झारफुक गर्छन् । सोही झारफुकबाट जम्मा भएको रकम उनी समाजसेवामा खर्च गर्छन् ।  शुक्रबार उनले लेटाङ–९ जाँतेको शिक्षा ज्योति आधारभूत विद्यालयका ३५ जना विपन्न बालबालिकालाई पोशाक वितरण गरे । 


लेटाङ–९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा, वडासदस्यहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला राई लगायतको उपस्थितिमा उनले ४० हजार रुपैयाँ बराबरको विद्यालय पोशाक वितरण गरेका हुन् । 

माघको ठिहीमा फाटेको एकसरो लुगा लगाएर विद्यालय गइरहेको विद्यार्थी देखेपछि उनको मनमा दया लाग्यो । त्यसपछि उनले १०/२० रुपैयाँ गरेर जम्मा गरेको रकमबाट विद्यार्थीलाई पोशाक दिए ।  ‘मसँग केही छैन ।  विपन्न नानीहरू त्यो पनि दलित र जनजाति समुदायको बाहुल्यता रहेछ । त्यसैले सानो सहयोग स्वरुप पोशाक वितरण गरेको हुँ,’ उनले भने । 


पोशाक वितरण कार्यक्रममा देखिएका अधिकांश विद्यार्थीको लुगा च्यातिएको थियो भने खुट्टामा चप्पलसम्म थिएन । उनले भने, ‘कम्तीमा एउटा झोला र एक÷एक जोर जुत्ता वितरणको वातावरण मिलाउन मन छ, हेरौं भगवानको कति आशिर्वाद रहन्छ ।’


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक