२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लागूऔषधसहित ८ जना पक्राउ

२०८०, १४ माघ आईतवार ११:३५

माघ १४, काठमाडौँ | देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । बाराकाे महागढीमाई नगरपालिका-१ गढीमाई मन्दिरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २ ग्रामसहित सुर्वण गाउँपालिका-७ सनफुलुवा बस्ने ४१ वर्षीय उमेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले बा.९४ प ६११४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक यादवलाई उक्त पदार्थसहित पक्राउ  गरेको हो । 

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५७ मिलिग्रामसहित सोही महानगरपालिका-१२ बस्ने २३ वर्षीय शौरभ सोनीलाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बर्दियाकाे बाँसगढी नगरपालिका-९ पहाडिपुरबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ४५ ग्रामसहित सोही नगरपालिका-९ माछागड बस्ने २४ वर्षीय अम्मर बहादुर चनारालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लक्ष्मणाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानी बस्ने २७ वर्षीय बिस्सुराज लामालाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १ सय २५ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले लामाको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  

सिरहाकाे धनगढीमाई नगरपालिका-५ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो र नगद ६ हजार ४ सय ४५ रूपैयाँसहित सोही नगरपालिका-१३ भोर्लेनी बस्ने ४८ वर्षीय राम सुफल महतोलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित २  जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१३ बस्ने २८ वर्षीय बिकल्प पुन मगर र २२ वर्षीय सुरेश नाथ योगी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

झापाकाे दमक नगरपालिका-९ बस्ने २६ वर्षीय पासाङ तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक