माघ १५, काठमाडौं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ७० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३०, अदुवा १७०, रातो आलु ३०, रातो भारतिय आलु २८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ४०, कागती १८०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लौका ६०, लोकल सेतो मूला र रातो मूला १५, लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी १२०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ६० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग ५० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ९० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७०, हरियो प्याज १२० र पुदीना ३२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ९०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन १२०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७०, भिण्डी १२०, र हरियो धनिया १०० रुपैयाँ पाइने समितले जनाएको छ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३६० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।

January 29, 2024
समाज
आज फलफूल तथा तरकारीको मूल्य कति?
By साझासवाल
3 मिनेट पढाइ