Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 29, 2024 समाज

२२ ठेकेदार कम्पनी परे कालोसूचीमा

By साझासवाल 2 मिनेट पढाइ

माघ १५, काठमाडौँ |  ठेक्का लिएर समयमा निर्माण कार्य सम्पन्न नगर्ने २२ कम्पनीहरु एकैपटक कालोसूचीमा परेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखेको हो।

नेपाल सरकारले सुचना जारी गदै कम्पनीहरु कालो सुचीमा परेको जनाएको हाे ।  कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

जसमा ४ वटा निर्माण कम्पनीलाई ३ वर्ष, ५ निर्माण कम्पनीलाई २ वर्ष, ५ वटा निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ८ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । कालोसूचीमा परेकाहरु सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा  भाग लिन पाउँदैनन् ।