१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ड्युटीमा रहेका दुई प्रहरी जवानमाथि कुटपिट

१५ माघ २०८०, सोमबार ०६:१७

माघ १५, रुकुम पश्चिम | रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी जवानमाथि कुटपिट हुँदा दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको हो ।

बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि आइतबार बेलुका ७ बजेको समयमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका एक प्रहरीले जानकारी दिए ।


प्रहरी जवानलाई कुटपिट गर्ने बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका-३ का २७ वर्षीय गोविन्द विक, वडा नम्बर-४ का २२ वर्षीय लक्ष्मण विक, २० वर्षीय सञ्जु खड्का लगायत अन्य १२/१३ जनाको समूह रहेको प्रहरीले बताए ।

उनीहरूले सामान्य विवादका कारण कुटपिट गरेको उनको भनाइ छ । घटनास्थलमा पुगेर सम्झाई-बुझाई गर्न खोज्दा उल्टै प्रहरीमाथि ढुङ्गामुडा प्रहार गरेको प्रहरीले बताए ।

कुटपिटबाट घाइते भएका प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ । अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीमाथि कुटपिट गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक