१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुगुमा फोर्टिफाइड चामल प्रभावकारी बन्दै

१५ माघ २०८०, सोमबार ०८:२२

माघ १५, मुगु | हिमाली जिल्ला मुगु बाट पहिलोपटक वितरण गरिएको स्तराेन्नति गरिएको चामल अर्थात् फोर्टिफाइड चामल पछिल्लो समय मुगुका नागरिकहरु प्रति प्रभावकारी बन्दै गएको छ । जिल्लाको खत्याड गाउपालिकाबाट वितरण गरिएको फोर्टिफाइड चामल अहिले प्रभावकारी बन्दै गएको हो । पुस १२ गते देखि बितरण कार्य सुरु गरिएको फोर्टिफाइड चामल अहिले नागरिकहरुको स्वास्थ्यमा सारथी बनेको छ ।

विगतका वर्षरुमा कहिले कुहिएको चामल त कहिले चामल अभावको समस्या झेल्दै आएका मुगाली नागरिकहरु अहिले पोषणयुक्त फोर्टिफाइड चामल उपभोग गर्न पाए पछि दंग भएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड कार्यालय मुगुले दिएको जानकारी अनुसार मुगुका खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा यो फोर्टिफाइड चामल वितरण गरि रहेको जनाएको छ ।

जसअनुसार खत्याड गाउँपालिकाको रातापानीमा महिला ९ सय ३१ पुरुष ८ सय ८३ जना गरि जम्मा १ हजार ८ सय १४ जनाले फोर्टिफाइड चामल उपभोग गरेका छन् । यस्तै यि मध्ये ५ वर्ष मुनिका १ सय ९८ , ६ वर्ष देखि १० वर्ष सम्मका २ सय ४४ , किशोरकिशोरी ३ सय ४० , गर्भवती महिला २८ , ज्येष्ठ नागरिक १ सय ८९ र अन्य ८ सय १५ जनाले फोर्टिफाइड चामल उपभोग गरेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड मुगुका लेखापाल जयचन्द्र न्यौपानेले बताए ।

उनका अनुसार पुस १२ देखि माघ ८ गते सम्ममा २ सय क्विन्टल फोर्टिफाइड चामल मध्ये १ सय ४० क्विन्टल फोर्टिफाइड चामल बितरण भएको पनि अवगत गराए ।   यस्तै सोरु गाउपालिकामा महिला १ हजार २ सय ९९ , पुरुष ९ सय ३२ , पाँच वर्ष मुनिका १ सय २४ , ६ देखि १० वर्ष मुनिका ९० , किशोरकिशोरी ७६ , गर्भवति ४ , ज्येष्ठ नागरिक ८६ र अन्य १ हजार ८ ५१ जनाले फोर्टिफाइड चामल लिएको न्यौपानेले बताए । यसै गरी जिल्लाका दुई वटा डिपो केन्द्रहमा चामल बिक्रि बितरण भईरहेको र पुलु डिपो केन्द्रमा अव छ्टिै ढुवानी प्रक्रिया अगाडी बढाई सञ्चालनमा ल्याउने उनको भनाई छ । अहिले श्रीकोट डिपोमा ९० र सोरुकोट डिपो केन्द्रमा ९० क्विन्टल चामल बिक्रि बितरण भईरहेको बताए ।  

फोटिफाइड राइस सुष्मा पोषण तत्त्व मिसाएर स्तरोन्नति गरिएको चामल हो। यसमा ८ वटा भिटामिन मिश्रित छन्। यसमा प्रति एक सय केजी चामलमा १ केजी ८ वटा सुष्मा पोषण तत्व भिटामिन मिसाएर चामलको स्तरोन्नति गरिएको हुन्छ। यो चामलमा आइरन (पाइरो फोस्टफेट) ३९ मिलिग्राम, जिंक (जिंक अक्साइड) ३२ मिलिग्राम भिटामिन ‘ए’ (रेटिनाइल पाल्मिटेट) ०.८९, फोलिक एसिड (फोलिक एसिड) ०.२४ भिटामिन बी—१२ (साइनाकोबालामिन) ०.००७ भिटामिन बी—१ (थायमिन नोनाइट्रेट) २.३ नियासिन—भिटामिन—३ (निकोटिनामाइड) २०.५ र भिटामिन बी—६ (पाइरोडक्सिन हाइडोक्लोराइड) १.९ मिलिग्राम मिश्रित भई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सुष्मा पोषण तत्त्व मिसाएर स्तरोन्नति भएको प्रमाणित भई देशमै पहिलो पटक खत्याड गाउँपालिका—११ रातापानी बिक्री केन्द्रबाट यो चामल वितरण गरिएको कम्पनि मुगुले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक