पढ्न करिब 1 मिनेट लाग्छ

माघ २०, काठमाडौं | धारिलो हतियार प्रहार गरेर २ जनाको ज्यान मार्ने प्रयास गरेका एक प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं रामहिटी बस्ने २७ वर्षीय छिरिङ तामाङ (अनिश) रहेका छन्।

गत असोज २५ गते लौनचौको माखालातीमार्गस्थित निकेत राई र तेन्जिङ शेर्पालाई मोटरसाइकलबाट पिछा गर्दै आएका समूहले खुकुरी र ढुंगा प्रहार गरेर फरार भएका थिए ।

खोजतलासको क्रममा गत बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तामाङलाई चाबहिलबाट पक्राउ गरेको हो।

तामाङलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त लैनचौरमा राखिएको प्रहरीले जनाएको छ।