२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टीकापुरको पदम प्रकाशेश्वर मन्दिरमा सुनको वेलपत्र अर्पण

२०८०, २२ माघ सोमबार ०३:१९

माघ २२, बर्दिया | टिकापुर नगरपालिका वडा नम्बर ७ स्थित सत्ती बजारमा अवस्थित पदम प्रकाशेश्वर महादेव मन्दिरमा काठमाडौका श्रेष्ठ दम्पतिले सुनको बेलपत्र चढाएका छन ।

परिवारमा गरिएको भाकल पूर्ण भए पछि उनीहरुले शिवलिङगमा स्वर्ण विल्वपत्र अर्पण गरेका हुन् ।

महादेव मन्दिरमा काठमाडौका श्रेष्ठ दम्पतिले एकलाख रुपैयाँ भन्दा बढीको सुनको बेलपत्र चढाएका हुन् । काठमाडौ बुढानिलकण्ठ निवासी किर्तन श्रेष्ठको घरमा जन्मिएको सन्तानहरुमा आँखामा समस्या हुने गर्दथ्यो । जुन परिवारमा वंशाणुगत समस्या थियो । यस्तो समस्या अबको पुस्तामा नआओस् भन्ने मनोकामनाका साथ श्रेष्ठ दम्पतीले केहि वर्ष अघि शिव मन्दिरमा पुजा अर्चना गरी भाकल गरेका थिए । भाकल पश्चात पछिल्लो सन्तान छोराको आँखामा समस्या नदेखिएकोले दम्पती खुसी हुँदै सपरिवार काठमाण्डौबाट आएर एकतोला सुनको बेलपत्र अर्पण गरेको श्रेष्ठले बताए ।

कैलालीको सत्तीमा रहेको शिव मन्दिर स्थापनाको यकिन तिथि मिति थाहा नभएपनि मन्दिर प्राचिन भएको जनविस्वास छ । त्रेतायुगमा भगवान परशुरामले पिता जमदग्नीको आज्ञापालन गर्ने क्रममा आफ्नी आमाको हत्या गरे पश्चात मातृहत्या पापबाट मुक्ति हुन मन्दिर स्थापना गरी पुजा अर्चना गरिएको जनविश्वास रहेको मन्दिर सरंक्षण समितिका अध्यक्ष बिदुरलाल कायस्थले बताए । बिक्रम सम्बत १९६५ माघ शुक्ल दशमीको अवसरमा राजा नरेन्द्र बिक्रमको कान्छी महारानी  पद्मावती द्वारा वर्तमान मन्दिरको जिर्णोद्धार गरिएको सम्पदा सम्बन्धी केहि पुस्तकमा उल्लेख रहेको मन्दिर संरक्षण समितिका सचिव भिम श्रीपालीले बताए ।

स्थानियका अनुसार प्राचिनकालदेखि पदमप्रकाशेश्वर शिव मन्दिर नेपाली भक्तजनका साथै भारतिय भक्तजनको पनि आस्थाको केन्द्रका रुपमा रहदै आएको छ । २०६७-६८ सालमामा मन्दिर शत वार्षिकी मनाउँदा भारत उत्तराखण्डका पिठाधिश्वर जगतगुरु शकंराचार्य, माधववाश्रमजी, महाराष्ट्र अन्तर्राष्ट्रिय व्यास आचार्य, स्वामी दिनदयाल महाराज लगायतले मन्दिरको दर्शन गरेका थिए । प्राचिन कालमा भारतीय ऋषिमुनिहरु कैलाश मानसरोवर दर्शन गर्न जाँदा यस मन्दिरमा पुजा अर्चना गरेर प्रस्थान गर्ने गरेको स्कन्द पुराणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति