Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 7, 2024 समाज

चलचित्रको अडिसन दिन जाँदा चिनजान, ब्ल्याकमेलिङ गर्दै होटल एम्बेसडरमा लगेर बलात्कार

By साझासवाल 5 मिनेट पढाइ

माघ २४, काठमाडौँ | चलचित्रको अडिसन दिन जाँदा चिनजान भएका युवकबाट एक युवती निरन्तर बलात्कारमा परेको खुलेको छ। ब्ल्याकमेलिङ गरी बारम्बार बलात्कार भएपछि ती युवती डिप्रेसनमा समेत पुगेकी छिन्।

डिप्रेसनपछि उपचारको क्रममा डाक्टरको सल्लाह अनुसार पीडित ती युवतीले आफूमाथि बलात्कार गर्ने युवक विरुद्ध जाहेरी दिएकी छिन्। बलात्कारको जाहेरीपछि प्रहरीले ती युवकलाई पक्राउ गरेर अनुसन्धान समेत सकाएर जिल्ला अदालतमा काठमाडौंमा मुद्दा दर्ता गराएको छ। प्रहरीले पक्राउ गरेर मुद्दा दर्ता गरिएका व्यक्ति भारतीय नागरिक रवि कुमार हुन्।

घटना सन् २०२१ को मार्चबाट सुरु हुन्छ। काठमाडौंमा डेरा गरी अध्ययन गर्ने एक युवती सन् २०२१ को मार्च १८ मा चलचित्रको अडिसन दिन भन्दै नयाँ बानेश्वर पुगेकी थिइन्। उक्त अडिसन कार्यक्रममै ती यवतीको भारतीय नागरिक रवि कुमारसँग भेटघाट तथा चिनजान भएको थियो। रवि कुमार पनि नेपाली चलचित्रको अडिसन दिन भनेर भारतदेखि आएका थिए।

उक्त अडिसनमा चिनजान भएका उनीहरु प्रेममा समेत परे। पछि विभिन्न प्रलोभन देखाएर काठमाडौं, विराटनगर लगायतका होटलमा लगेर आफूमाथि बलात्कार भएको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छिन्।

उनीहरु दुई जना भेडेटार समेत घुम्न गएको, कहिले काठमाडौं, विराटनगर समेत जाने घुम्ने र शारीरिक सम्पर्क समेत हुने गरेको थियो। आफूलाई करकापमा पार्ने र नमानेको अवस्थामा नग्न भिडिओ, फोटो फ्यास गर्दिन्छु भन्दै ब्ल्याकमेलिङ गर्दै रवि कुमारले बलात्कार गर्ने गरेको ती युवतीले बताएकी छिन्।

ब्ल्याकमेलिङ गर्दै निरन्तर बलात्कार गर्ने गरेपछि आफू डिप्रेसनमा समेत पुगेको ती युवतीले खुलाएकी छिन्। त्यसपछि एकान्तकुनाको रिदम न्यूरो साइक्रेटिक अस्पतालमा समेत गएर डा विद्यादेव पुनसँग जाँच गराएको र औषध सेवन गर्न सुरु गरेको युवतीले उल्लेख गरेकी छिन्। त्यति गर्दा समेत ठिक नभएपछि डाक्टरकै सल्लाह अनुसार घटना बाहिर ल्याएर आफूले रवि कुमार विरुद्ध उजुरी हालेको बयान युवतीले दिएकी छिन्।

युवतीको जाहेरीपछि जिल्ला प्रहरी परिसर काठमाडौंले रवि कुमारलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। अन्तिम पटक गत मंसिर २८ गते रवि कुमारले लाजिम्पाटको होटल एम्बासडरमा लगेर ती युवतीलाई बलात्कार गरेको पाइएको छ। पक्राउ परेका रवि कुमार विरुद्ध बलात्कारको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।