<p><b>माघ २७, चितवन | </b>चितवनमा गए राति बस दुर्घटन भएको छ । दुर्घटनमा परेर २० जना घाइते भएका छन्।</p><p>पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो।</p><p>घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।</p><p>घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए।</p>
February 10, 2024
समाज
चितवनमा ट्रकसँग बस ठोक्कियो, २० जना घाइते
By साझासवाल
2 मिनेट पढाइ










