माघ २८, काठमाडौँ | ललितपुरको इमाडोलस्थित एउटा घरमा २ जना बालबालिका मृत भेटिएका छन्। चौथो तलाबाट हाम फालेकी ती बालबालिकाकी आमाको पनि मृत्यु भएको छ।

४ तलाबाट हाम फालेर गम्भीर घाइते भएकी ३६ वर्षीष रबिना महर्जनको उपचारको क्रममा किस्ट अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए।

शनिबार अपराह्न ४:३० बजेतिर महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटको एक घरको चौथो लतलाबाट ३६ वर्षीष रबिनाले हाम फालेकी थिइन्। ४ तलाबाट हाम फालेकी रबिनालाई उपचारका अस्पताल पठाएर घर भित्र हेर्दा उनका २ छोरा–छोरी अचेत अवस्थामा थिए। रबिनाका ६ वर्षीया छोरा र २ वर्षीया छोरीलाई उपचारका लागि किस्ट अस्पताल पठाइए पनि डाक्टरले मृत घोषित गरेका थिए।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। बच्चाहरुको मृत्युको कारण खुलिसकेको छैन।

February 11, 2024
समाज
ललितपुर इमाडोलस्थित घरमा २ बालबालिका मृत फेला, चौथो तलाबाट हाम फालेकी आमाको पनि मृत्यु
By साझासवाल
2 मिनेट पढाइ