१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिवि मैदानमा सन्दीपकाे समर्थनमा हुटिङ गरेका विप्लव चार दिनदेखि प्रहरी हिरासतमा

२८ माघ २०८०, आईतवार ०७:२६

माघ २८, काठमाडौँ | नेपाल र क्यानडाबीच जारी तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेल हेर्न गएका एक दर्शक अभद्र व्यवहारको कसुरमा प्रहरी हिरासतमा पुगेका छन्।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले विप्लव खड्कासहित ५ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये ४ जनालाई तारेखमा छाडिएको थियो भने विप्लवलाई अभद्र व्यवहारको कसुरमा म्याद थपेर हिरासतमा राखिएको छ।

खेलको पहिलो इनिङ चलिरहेका बेला विप्लव नेतृत्वको टोलीले सन्दीप लामिछानेलाई न्याय चाहियो भन्दै नाराबाजी गरेका थिए।


त्यस क्रममा उनीहरूले मैदानमा बोतल फ्याँकेको उनीमाथि आरोप छ। नेपाल क्रिकेट संघ-क्यानका पदाधिकारीविरुद्ध अश्लील शब्दमा गालीगलौजसहित नाराबाजी गरे पनि सुरुमा सम्झाइ बुझाई गरेर छाडिएको प्रहरी अधिकारी बताउँछन्।

‘त्यति गर्दा पनि हामीले सम्झाई बुझाई गरेर राम्रोसँग खेल हेर्न भनेका थियौँ। तर विप्लवले फेरी युवाहरूको बुई चढ्दै नाराबाजी गरेर मिडिया बक्स नजिकै पुगेर त्यहाँ लगाइएको जालीमा लात्तीले हाने। फेरि ग्राउन्डमा बोतल प्रहार भयो। हामीले सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि हातपात भयो’, महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख राजु लामाले भने।

उनले सन्दीपको पक्षमा नाराबाजी लगाएकै कारणले विप्लवलाई नियन्त्रणमा नलिइएको बताए।

पक्राउ परेका विप्लव यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई अपशब्दसहित कालो झन्डा देखाएको आरोपमा पनि नयाँ बानेश्वरबाट पक्राउ परेका थिए। बझाङका १९ वर्षीय उनी आन्दोलन र विरोधका कार्यक्रममा जहाँ पनि पुगेर उछृंखल गतिविधि गर्ने गरेको प्रहरी अधिकारी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल