Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 12, 2024 समाज

हमासकाे नियन्त्रणमा रहेका २ बन्धकका इजरायली हमलामा मृत्यु

By साझासवाल 4 मिनेट पढाइ

माघ २९, गाजा | इजरायल र हमासबीच युद्ध जारी छ। यसैबीच हमासको सबैभन्दा डरलाग्दो सशस्त्र शाखा अल कसमु ब्रिगेडले आइतवार साँझ टेलिग्राम च्यानलमा गाजा पट्टीमा पछिल्लो ९६ घण्टादेखि इजरायली आक्रमण भइरहेको दाबी गरेको छ।

यी आक्रमणहरूमा दुई इजरायली बन्धकको मृत्यु भएको र अन्य ८ जना गम्भीर घाइते भएको दाबी गरिएको छ ।

प्यालेस्टाइनी समाचार संस्थाहरूका अनुसार अनुसार बाँकी बन्धकहरूलाई राम्रोसँग उपचार प्रदान गर्न असुविधाजनक भएको पनि बताएको छ।

उचित उपचार नहुँदा उनको अवस्था झन झन बिग्रदै गएको छ । हमास ब्रिगेडले इजरायलको लगातारको बमबारीका कारण घाइते भएका मानिसको ज्यान जाने सम्पूर्ण जिम्मेवारी लिएको पनि दाबी गरेको छ ।

इजरायली तथ्याङ्कका अनुसार हमास लडाकुहरूले गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा श्रृंखलाबद्ध रकेट आक्रमणहरू शुरू गरेका थिए, जसमा १२ सय मानिसहरू मारिएका थिए र कम्तिमा २५० मानिसहरू अपहरण भएका थिए।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गाजा पट्टीमा सैन्य आक्रमण गरेर २८ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन ।

गत नोभेम्बरमा इजरायल–हमास युद्धका क्रममा दुबै पक्षले बन्धक बनाएकाहरूलाई रिहा गर्न एक हप्ता लामो युद्धविराम भएको थियो। नोभेम्बर २०२३ को अन्तमा हस्ताक्षर गरिएको यो युद्धविरामको क्रममा हमासले १०० भन्दा बढी इजरायली र विदेशी बन्धकहरूलाई रिहा गरेको थियो ।

सोही क्रममा इजरायलले बन्धक बनाएका २४० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको थियो । इजरायलले गाजामा अझै १३६ जना बन्धक रहेको दाबी गर्दै आएको छ ।