Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 13, 2024 समाज

काठमाडौं महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने

By साझासवाल 3 मिनेट पढाइ

फागुन १, काठमाडौँ | काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ।

महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि  फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको हो।

‘अरुलाई नमूना भएर देखाउनुपर्ने अस्पतालहरु आफैँले कमजोरी गरेको देखियो। अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो। यो गलत प्रक्रिया हो।’ उपप्रमुख डंगोलले भनिन्, ‘रोग उपचार गर्न आउने ठाउँ नै रोग उत्पादन स्थल बन्नु हुँदैन। यसलाई व्यवस्थापन गर्ने दायित्व महानगरपालिका एक्लैको होइन, अस्पतालहरुले आफूलाई स्वच्छ र स्वस्थ्य सेवा प्रवाह भएको प्रमाणित गराउनुपर्छ।’

‘फरक प्रकृतिको फोहोर राख्न रङ्ग संकेतको पालना भएको पाइएन। यसबाट हानीकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिएपछि अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनुपर्ने अवस्था आएको हो।’ वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भने, ‘स्रोतमा फोहोर छुट्टिएको, हानीकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुन प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको एकिन नहुञ्जेल फोहोर उठाउँदैनौँ।’