Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 16, 2024 समाज

दोस्रो ओभरमै मलेसियाको पहिलो विकेट पतन

By साझासवाल 2 मिनेट पढाइ

<p><b>फागुन ४, काठमाडौँ |</b> एसीसी वुमन्स प्रिमियर कप २०२४ को सेमिफाइनलमा नेपालले मलेसियाको पहलो विकेट लिएको छ। नेपालकी रुविना क्षेत्री बेलवासेले दोस्रो ओभरमै मलेसियाको विकेट लिएकी हुन्।<br></p><p>नेपालले मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनायो।&nbsp;</p><p>नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित २९ रन बनाइन्। डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिइन्।</p>