Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 18, 2024 समाज

अध्यागमनका प्रमुख तामाङविरुद्ध ११ करोडको भ्रष्टाचार मुद्दा

By साझासवाल 4 मिनेट पढाइ

फागुन ६, काठमाडौँ | मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले तीनजना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दर्ता गर्दा बहालबाला महानिर्देशकविरुद्ध पनि अभियोगपत्र दर्ता गरेको हो। अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले तामाङसँग ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रुपैयाँ बिगो मागदाबी गरेको छ। मेलम्ची खानेपानी विकास समितिको तत्कालीन बोर्ड सदस्यको रुपमा तामाङको संलग्नता देखिएको दाबी अभियोगपत्रमा छ।

भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैयाँमा मेलम्चीको ठेक्का सम्झौता गर्दा कानुनले तोकेभन्दा बढी पेश्की मोबिलाइजेशन गरेको दाबी अख्तियारको छ। अख्तियारले पछिल्लो समय अवकाशपछि  सामाजिक सञ्जालमा सक्रिय रहेका पूर्वसचिव भिम उपाध्यायविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले मेलम्ची खानेपनी विकास समितिको अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त भ्रष्टाचारमा संलग्न रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख छ।

अख्तियारले मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष एवम् तत्कालीन सचिवहरू शर्मा, उपाध्याय र गजेन्द्रकुमार ठाकुरविरुद्ध आयोगले क्रमशः ६ करोड ९७ लाख ८३ हजार एक सय ७८ रुपैयाँ ९६ पैसा, चार करोड ११ लाख ३४ हजार दुई सय ७९ रुपैयाँ ९२ पैसा र ६० करोड ४९ लाख १९ हजार ८ सय ८४ रुपैयाँ ३१ पैसा बिगोसहित मागदाबी गरेको हो।