१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जापान र जर्मनीपछि अब चीनमाथि आर्थिक मन्दीको खतरा

८ फाल्गुन २०८०, मंगलवार ११:४५

फागुन ८, बेइजिङ । यति बेला विश्व अर्थतन्त्रमाथि पुनः आर्थिक मन्दीको खतरा मडारिरहेको छ । जापान, जर्मनी र बेलायती अर्थतन्त्र मन्दीमा फसेको हालै सार्वजनिक भएका तथ्यांकहरुले देखाएका थिए । यसैबिच विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमाथि पनि आर्थिक मन्दीको कालो बादल छाउन सक्ने देखिएको छ । हालै सार्वजनिक भएको आर्थिक तथ्यांकहरुले यसैतर्फ संकेत गरिरहेका छन् । चीनमा भित्रिने विदेशी प्रत्यक्ष लगानी (एफडीआई)मा निकै ठुलो कमी देखिएको छ ।

सन् २०२३ मा चीनमा जम्मा ३३ अर्ब डलर खुद एफडीआई भित्रिएको सरकारी तथ्यांकले देखाएको छ । यो सन् २०२२ को भन्दा ८० प्रतिशत कम हो । विदेशमा चीनबाट भएको प्रत्यक्ष लगानीको तुलनामा भित्रिएको लगानी बढी भएकोले यसलाई केही हदसम्म सकारात्मक मान्न सकिन्छ । तर योसँगै लगातार दोस्रो वर्ष पनि एफडीआई घटेको छ । सन् २०२१ को कीर्तिमानी उच्च स्तरको तुलनामा यो १० प्रतिशत मात्रै हो । सन् २०२१ मा चीनमा कूल ३ खर्ब ४४ अब डलर एफडीआई आएको थियो ।

गएको वर्ष विश्वभर आर्थिक मन्दीले निकै चर्चा पायो । अधिकांश ठुला कम्पनीले व्यापक रूपमा कर्मचारी कटौती गरे । यो वर्ष पनि हालत सुध्रिएको छैन । कर्मचारी कटौती जारी छ । अर्थतन्त्र ध्वस्त हुँदै गइरहेका छन् । यसको ताजा उदाहरण जापान बनेको छ । जापानले विश्वको तेस्रो ठुलो अर्थतन्त्रको उपाधि हालै गुमायो । जापानलाई उछिनेर तेस्रो ठुलो अर्थतन्त्र बनेको जर्मनीको हालत पनि ठिक छैन । बेलायतको अर्थतन्त्रमा पनि लगातार संकुचन आइरहेको छ । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिकामाथि कर्जाको बोझ बढेको छ । इन्स्टिच्युट अफ इन्टरनेशनल फाइन्यान्स (आईआईएफ)को तथ्यांकका अनुसार अमेरिकाको कर्जा बढेर ३४० खर्ब डलरमाथि उक्किलएको छ ।

के छ चीनको स्थिति ?

विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनले यतिबेला अनेकौँ संकट भोगिरहेको छ । शेयर बजार ध्वस्त बनेको छ । घरजग्गा कारोबारदेखि बैंकिङ संकटसम्म सबैले अर्थतन्त्रको खराब स्वास्थ्य बताइरहेको छ । यस्तो एफडीआईको तथ्यांकले पनि अर्थतन्त्र कतै मन्दीमा जाने हो कि भन्ने आशंका उब्जाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ