१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यालयको होस्टेलमा मृत शालिनको बलात्कारपछि हत्या भएको परिवारको दाबी, विद्यालयका प्रिन्सिपलसहित तीन जनामाथि शंका

१७ फाल्गुन २०८०, बिहीबार ०९:०७

फागुन १७, काठमाडौं | गोरखा अजिरकोट गाउँपालिका– ५ मुच्चोकका दिपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको बलात्कारपछि हत्या भएको दाबी गरेका छन् । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्यनरत आफ्नी छोरी शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा भटिएको उनले बताए । त्यहाँको वस्तुस्थिति हेर्दा उक्त घटना आत्महत्या नभएर बलात्कारपछि हत्या भएको उनको दाबी छ ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले भने,‘लास झुण्डिएको अवस्था र त्यहाँका वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुण्डिएर आत्महत्या गरेको भन्ने दावी अस्वभाविक र अपत्यारिलो देखिन्थ्यो ।’ घटनापछि सो विद्यालयमा गई मृत्युको सम्बन्धमा छलफल गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालिनकी रुममेट, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाई छलफलपछि मात्र मुचुल्का गरौंभन्दा प्रहरीले स्कुल परिसरभित्रै आफ्ना भाई हरि पोखरेललाई निर्घात कुटपिट गरेको मृत्तकका बाबु दिपेन्द्रले बताए ।


आफू काठमाडौंमा भएको बेला उक्त घट्ना घटेको जानकारी विद्यालयबाट आएको र ‘म नआईकन कुनैपनि प्रक्रिया अगाडि नबढाउनुस्, म दुई घण्टामा आईपुग्छु’ भनेर विद्यालय प्रशासनलाई जानकारी गराउँदा त्यहाँ पुग्दा प्रमाण नष्ट गराउने मनशायले विभिन्न क्रियाकलाप भइसकेको उनको दाबी छ । आफू त्यहाँ पुग्नुभन्दा पहिलेनै ‘घटना भएको छात्रावास’को ढोका फोडिएको र घटना भएको ठाउँमा सरसफाई गरिएको उनको भनाइ छ । साथै, शालिनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा आफूले फेला पारेको र उक्त कुराको भिडिओ फुटेज आफूसँग सुरक्षित रहेको उनले बताए । ती सबै काम प्रमाण नष्ट पार्ने उद्देश्यले भएको उनको भनाइ छ ।

सो घट्नामा आफ्ना भाइ हरिलाई प्रहरीले निर्घात कुटपिट गरेको र बढी बोलेमा गोली हानी मारिदिन्छौं भनेर प्रहरीले नै धम्की दिएको उनले बताए । उक्त घटनामा आफूहले शंकाको घेरामा रहेका विद्यालयका प्रिन्सिपल बालहरि देवककोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले नाम हटाएर ल्याउन भनेको उनले बताए । मृत्तकका बाबु दिपेन्द्रले आफ्नी छोरीलाई यिनै तीन जनाले बलात्कार गरी हत्या गरेको दाबी गरे ।

साथै, विभिन्न दबावकाबीच उक्त घट्नामा चार दिनपछि प्रहरीले जाहेरी लिएको उनले बताए । मृत्तक शालिनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गराउन आफूले शव बहानमा ल्याएको र पोस्टमार्टम भएपनि शव अहिलेसम्म नबुझेको उनले बताए । त्यहाँको प्रहरी प्रशासनले निश्पक्ष छानविन गरेर आफूलाई न्याय दिन्छ भन्ने कतिपनि विश्वास नरहेको बताउँदै उनले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) मार्फत उक्त घटनाको छानविनको माग गरे । मृतक शालिनका साथीहरुलाई समेत अहिले सम्पर्कमा आउन दिएको उनको भनाइ छ ।

मृत्तक शालिनकी आमा सगुनले आफूहरुलाई घट्नाबारे ढिलो खबर गरेको बताईन् । भरतपुरदेखि प्रहरी पुग्दासमेत आफूहरुलाई र उक्त विद्यालयनजिकै बस्ने गरेकी मृत्तक शालिनकी हजुरआमालाई समेत जानकारी नगराइएको उनको भनाइ छ । उनले आफूहरुलाई शंका लागेका ब्यक्तिहरुको नाम उल्लेख गरेर किटानी जाहेरी दिन पाउनुपर्ने उनले बताईन् । आफूजस्ता आमाहरुले भोलिका दिनमा छोरीहरु यसैगरी गुमाउन नपरोस् भनेर आफू न्यायको लागि लागिपरेको बताईन् । आफ्नी छोरीलाई दोस्रो निर्मला पन्त नबनाइदिन उनले सबैलाई आग्रह गरिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ