Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 7, 2024 समाज

सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नागरिकता दिएको आरोपमा अधिकृत अर्याल पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

फागुन २४, काठमाडौँ | चिनियाँ दुईजना नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा हाल बागमती प्रदेशसभा सचिवालयमा कार्यरत एकजना अधिकृतलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामचन्द्र अर्याल रहेका छ्न् ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई २०७५ पुस २० मा जिल्ला प्रशासन कार्यलय काभ्रेले नागरिकता प्रदान गरेको थियो ।

तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएपछि उक्त घटना बाहिरिएको थियो ।

तत्कालिन जिल्ला प्रशासन कार्यलयमा नासु पदमा रहेका अर्यालले छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको र सोही आधारमा पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

पक्राउ गरिएका अर्याललाई काभ्रे प्रहरीको जिम्मा लगाइएको मकवानपुर प्रहरीले जनाएको छ ।