Skip to content
Friday, July 17, 2026 Nepali Online Media

महाअभियोगबारे कांग्रेसमा छलफल, कसले के भने ?

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीे विरुद्धको महाअभियोग प्रस्तावबारे कांग्रेस केन्द्रीय समितिले छलफल थालेको छ ।

केन्द्रीय समिति बैठक सुरु गर्दै सभापति शेरबहादुर देउवाले संसद्मा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकाले धराणा बनाउन नेताहरुको सुझाव मागेका थिए ।

कसले के भने ?

प्रस्ताव आइहाल्छ भन्ने लागेको थिएन : देउवा

एमाले र माओवादीका नेतासँग महाअभियोगको बारेमा कुरै नभएको होइन । किनकि, अख्तियार प्रमुखको विषयमा लामो समयदेखि प्रश्न उठेको थियो ।

मैले व्यक्तिगत रूपमा भेटेर पनि तपाईंको शैली सुधार्नुप¥यो, राजनीतिक पंक्ति मात्र होइन, ब्युरोक्रेसी पनि क्रूद्ध छ भनेर सुझाब दिएको थिएँ । तर, त्यसको कार्यान्वयन भएन । त्यो विषयमा के गर्ने भनेर ओली र प्रचण्डसँग पनि मेरो कुरा भएको हो ।

तर, अहिले नै महाअभियोग दर्ता होला भन्ने मलाई लागेको थिएन । प्रस्ताव दर्ता भइसक्यो, अब संस्थागत निर्णय गरौँ । यो महिना दिनसम्म चल्नसक्ने प्रक्रिया हो, हामी निर्णयमा पुग्न हतारो छैन ।

एमाले र माओवादीले हामीलाई छले : सिटौला

देशको ठूलो दल कांग्रेस सरकारमा छ, तर सरकारमा भएको माओवादीले प्रतिपक्षीसँग मिलेर यति ठूलो कदम उठाउँदा कांग्रेससँग छलफल नगर्नु अस्वाभाविक छ ।

एमाले र माओवादीले हामीलाई छाडेर र छलेर अघि बढ्न खोजेका हुन् । यो चिन्ताको विषय हो । तर, हामी महाअभियोगको पक्षमा उभिन सकेनौँ भने माओवादीसँगको सत्तासमीकरण टुट्छ । एमालेसँग झन् दूरी बढ्छ र संविधान कार्यान्वयन झन् जटिल बन्छ ।

त्यसैले समीकरण पनि बचाउने र संविधान पनि कार्यान्वयन हुने गरी निर्णय गर्नुपर्छ ।

एमाले लोकमानसँग रिसाएको हो : निधि

माओवादीका सांसद महाअभियोगको प्रस्तावक छन् । तर, प्रधानमन्त्रीसँग कुरा गरेपछि म ढुक्क छु, उहाँलाई त्यो विषयमा थाहा थिएन ।

बरु मलाई जानकारी के छ भने, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको घरमा केही समयअघि लोकमान र एमालेको नेताबीच भेट भएको हो । अख्तियारले आफ्ना नेताहरू मात्रै खेदेको भन्दै एमालेका नेताहरूले गुनासो गरेका थिए । अब माओवादी र कांग्रेसका केही नेतालाई पनि पत्र काट्न उनीहरूले अख्तियार प्रमुखलाई अनुरोध गरेका थिए ।

तर, एमालेले सोचेजस्तो भूमिका अख्तियार प्रमुखले पूरा गर्न सकेनन् । त्यसैले एमाले रिसाएर यो योजना बनाएको हो । त्यसमा प्रधानमन्त्रीको दलका केही नेता पनि सहभागी छन् ।

हामीलाई निर्णय गर्न के हतारो र ? : डा. महत

एमाले र माओवादी मिलेर षड्यन्त्र गरेका छन् । अख्तियारका प्रमुखमाथि अभियोग लाग्न सक्छ, तर अभियोग के हो हामीलाई थाहा छैन । अभियोग सत्य हो कि होइन, त्यो पनि थाहा छैन । विधि र प्रक्रियाअनुसार महाअभियोग सिफारिस समितिमा गएपछि पक्ष र विपक्षमा कुरा आउँछ ।

अभियोग लगाउनेले प्रमाणित गर्न आवश्यक तथ्यहरू पनि प्रस्तुत गर्ला । त्यसपछि मात्र हामीले निर्णय गरौँला । अहिले हतार नगरौँ । -नयाँ पत्रिका दैनिक