१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विमानस्थलमा लामो समयदेखि खटिएका ५४ प्रहरी एकसाथ हटाइए

१ चैत्र २०८०, बिहीबार ०६:४५

फागुन ३० काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी अधिकारी एकसाथ हटाइएका छन् ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरत् रहेकाहरुलाई एकसाथ हटाएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले उनीहरुलाई हटाएर नयाँ टोली पठाइसकिएको पुष्टि गरे । यसरी जिम्मेवारीबाट हटाइएकामा प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म छन् । थप ५० बढी प्रहरी समेत लामो समयदेखि त्यहीँ कार्यरत् रहेको भएपनि तत्काल हटेका छैनन् ।

‘उनीहरु स्क्रिनिङमा खटिएका रहेछन्, त्यसलाई रिप्लेस गर्न तालिम प्राप्त जनशक्ति चाहिने रहेछ’, एआईजी थापाले भने, ‘विमानस्थल प्रशासनसँग समन्वय गरेर नयाँ टोलीलाई तालिम गराउन थालेका छौं, उनीहरुलाई पनि क्रमशः रिप्लेश गर्ने छौं ।’

विमानस्थलमा लामो समयदेखि खटिएका तल्लो तहका प्रहरी अधिकृतहरु अवैध काममा सक्रिय भएको आरोप लाग्ने गर्छ । एआईजी थापाले भने लामो समयदेखि एकैठाउँमा बस्नेभन्दा नयाँ टोली जाँदा काममा पनि प्रभावकारिता बढ्ने भएकाले यो निर्णय गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो