१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आप्रवासीले अमेरिकालाई विषाक्त बनाउँछन् : ट्रम्प

६ चैत्र २०८०, मंगलवार १२:१७

चैत ६, काठमाडौँ | सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले आप्रावासीविरुद्ध आक्रामक अभिव्यक्ति दिएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले आप्रवासीले अमेरिकालाई विषाक्त बनाउने अभिव्यक्ति दिएका हुन् । आप्रवासीहरु मुलुकका लागि निकै घातक रहेको उनको दाबी छ ।

आप्रवासीबारे उनको अभिव्यक्ति उधृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ, ‘उनीहरुले मुलुकलाई नै विषाक्त बनाउनेछन् । मुलुक उनीहरुका कारण अप्ठ्यारोमा पर्नेछ ।’

अन्तर्वार्ताकार हावर्ड कर्जले कार्यक्रममा ट्रम्पलाई हिटलर र मुसोलिनिको भाषा बोलिरहनुभएको छ, किन यस्ता विषाक्त शब्दावलीको प्रयोग गरिरहनुभएको हो ? भनेर प्रतिप्रश्न गर्छन् ।  त्यसको जवाफमा ट्रम्पले भनेका छन्, ‘किनभने मुलुक उनीहरुले विषाक्त बनाएका छन् ।’


दक्षिणी सीमाबाट आउने आप्रवासीहरु आपराधिक पृष्ठभूमि र मानसिक समस्यायुक्त रहेको ट्रम्पले आरोप लगाएका छन् । उनीहरु जेल तथा मानसिक सुधार केन्द्रबाट भागेर आएको जिकिर उनको छ । यद्यपि प्राप्त प्रमाणहरुमा ट्रम्पले दावा  गरेझैँ कुनै आप्रवासी नरहेको फेला परेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

सीमा क्षेत्रका अधिकारीहरुका अनुसार हिंसा तथा गरिबीका कारण उनीहरु अमेरिका छिर्ने प्रयत्नमा रहेको बताएका छन् । तथ्यांकले पनि आप्रवासीहरुका कारण हुने आपराधिक गतिविधिमा कमी आएको देखाएको न्यूयोर्क टाइम्समा उल्लेख छ ।

आपराधिक पृष्ठभूमि तथा मानसिक अवस्था खलबलिएकाहरुलाई नियोजित रुपमा अमेरिका छोडिएको  ट्रम्पले जिकिर गरेका छन् । ‘आप्रवासीबारे हामी राम्रोसँग कुरा गर्न सक्छौं । यद्यपि मानसिक अवस्था खलबलिएका आपराधिक कृत्य गरेर जेल भुक्तानी गरेका र आपराधिक मनोवृत्तिका आप्रवासीहरुलाई अमेरिका भित्र्याइँदैछ’, उनले भने ।

आप्रवासीको बहानामा आतंकारी घुसाइएको अभिव्यक्ति समेत उनले दिएका छन् । दक्षिणी क्षेत्रबाट छिर्नेहरु उच्च आपराधिक मनोवृत्तिका छन् । मानसिक स्वास्थ्य सुधारका संस्था र जेल रित्ताएर अमेरिकामा उनीहरुलाई ल्याइँदैछ । यो क्रम बढ्ने हो भने अमेरिकामा अहिलेसम्मकै ठूलो संख्यामा आतंककारी भित्रनेछन् जुन हामीले यसअघि कहिल्यै देखेका थिएनौँ ।’

अमेरिकामा मुलुकलाई आवश्यक नै नभएका लाखौं मानिस भित्रिएको ट्रम्पको भनाइ छ । ट्रम्पले विश्व शान्तिको पक्षमा रहेकाले इजरायलले तत्काल युद्ध अन्त्य गर्नुपर्ने समेत बताएका छन् ।

‘मध्यपूर्व शान्तिको पक्षमा छ । यो युद्ध तत्कालै अन्त्य हुनैपर्छ । विश्व शान्तिको पक्षमा छ हामीलाई शान्ति चाहिएको छ’, ट्रम्पले भनेका छन् ।

आफू राष्ट्रपति भएको भए यो किसिमको युद्धनै नहुने जिकिर उनले गरेका छन् । अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेपछि पहिलोपटक त्यस मामिलाबारे ट्रम्प बोलेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण