२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रिपोर्टिङमा गएका पत्रकार विष्टले जब आफ्नै बुवाको शव देखेपछी…

२०८०, २४ चैत्र शनिबार ०२:५४

चैत २४, बैतडी | बैतडीको खोडपे बजारमा रहेको स्थानीय रेडियो सेभेन स्टारमा कार्यरत कृष्ण विष्ट समाचार प्रमुख हुन् । शुक्रबार एका बिहानै उनी रेडियोमा पुगे । रेडियोमा पुगेलगत्तै खोड्पेबाट बझाङ जाने सडकमा ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको खबर आयो ।

उनले उत्त खबरको बारेमा प्रहरीलाई सबै विवरण मागे । प्रहरीले ट्याक्टर दुर्घटनाको सबै विवरण दियो पनि । प्रहरीले दिएको सूचनामा ट्याक्टर चालक राजेश चौधरी र एकजना सनाखत हुन नसकेको व्यक्तिको मृत्यु्को खबर उनले आफै लेखे, त्यो खबर आफ्नो रेडियोमा पढे पनि । उत्त समाचार आफू कार्यरत स्टार बुलेटिन नामक अनलाइनमा प्रकाशित गरे । साथै आफू सम्वाददाता रहेका अनलाईन सन्चारमाध्यम पनि पठाए ।

समाचार अनलाइनमा प्रकाशित भयो,टीभीमा बज्यो । तर, कृष्णको पत्रकारिताको सक्रियता त्यत्तिकैमा सकिएन । उनले घटनास्थल जाने निधो गरे । घटनाको प्रारम्भिक खबर सबैतिर गइसकेको थियो । मोटरसाइकल समाते र घटनास्थलतिर लागे । खोडपेबाट झण्डै ६/७ किलोमिटरको दुरीमा रहेको दुर्घटनास्थल झौलेक मोडमा उनी पुगे ।

उनले दुर्घटनाग्रस्त ट्याक्टरको तस्बीर खिचे । चालक र नजिकैको रुखमा अंगालो हालेर रक्ताम्य भएका सनाखत हुन नसकिएका भनिएका व्यक्तिको पनि तस्बिर आफ्नो क्यामेरामा कैद गरे। दुर्भाग्यवस् रुखलाई अंगालो हालेर रक्ताम्मे अवस्थामा भेटिएका व्यक्ति अरु कोही नभइ उनकै बुवा हुन्छन्। उनले तस्बिर खिचेर सडकमा आइसकेपछि मात्रै त्यो तस्बिर बुवाको नै भएको थाहा पाएका थिए।

दुर्घटनामा घाइते भएकाले उनले गुहारका लागि रुखलाई अंगालो हालेको अनुमान लगाउन सकिन्छ। आसपासमा रगत धेरै बगेको थियो । उनलाई त्यो रक्ताम्य शरीर आफ्नै बुवाको हुनसक्ने कल्पना नै थिएन । किनकी उनका बुवा काठको ठेक्कापट्टाको काम गर्थे।

विष्टका बुवा केही दिनदेखि त्यही क्षेत्रको फिल्डमा थिए । घर आउने क्रममा पक्की सडकमा दुर्घटना भएको थियो । बुवाले आफू घर आइरहेको खबर पनि गरेका रहेनछन्।

घटनास्थलमा रहेका अर्का पत्रकार सिपि लोहिया भन्छन्,‘आफैले रिपोर्टिङ गरेर सडकमा आएपछि सनाखत हुन नसकेका व्यक्ति आफ्नै बुवा हुन् भन्ने थाहा भयो । अनी उ (कृष्ण) सडकमै ढल्यो । सम्हाल्न गाह्रो भइरहेको छ ।’

५५ वर्षीय विष्ट खोडपे आसपासको सामुदायीक बनमा काठको ठेक्कापट्टा गर्थे। कहिले घर त कहिले बनतिर हुने भएकाले उनको घर आउनेजाने ठेगाना हुँदैनथ्यो। ‘घर आउने खबर गरेको भए सायद दुर्घटनाको जानकारी राति नै आउने थियो । खोजविन गर्दा घाइते भएका बुवा बचाउन सकिन्थ्यो,’पत्रकार लोहीयाले भने,’ ‘पत्रकार,आफैले बुवाको शवको रिपोर्टिङ गरे ।’

प्रहरीले पनि कुनै गाडीलाई साइड दिने बेला किनारातिर रहेको ट्याक्टर खसेको हुनसक्ने अनुमान गरेको छ । दुर्घटना भएको ठाउँ नजिकको भीत्तातिर गाडी घस्रिएको निसान रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सुर्नयाबाट खोडपे गइरहेको से २ त ३६७८ नम्बरको टयाक्टर बिहीबार राति ११ बजेतिर जयपृथ्वी सिंह राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना