पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत २९, काठमाडौँ ।</b> अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख घुससहित पक्राउ गरेको छ ।<br></p><p>अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउन लिएको डेढ लाख घुससहित पोखरा-५ बाट बुधबार राति पक्राउ गरेको जनाएको छ ।</p><p>अख्तियारले दुवैलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको जनाएको छ ।</p>

