Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 11, 2024 समाज

खाजाघर सञ्चालन गरेर नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा युवती पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

चैत २९, काठमाडौं | नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–१ घर भएर काठमाडौँको तारकेश्वर बस्ने मुनु गुरुङ छिन् ।

२६ वर्षीया गुरुङलाई तारकेश्वर नगरपालिकाको हिलेटोलबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसपी ज्ञानेन्द्र फुयाँलले बताए । तारकेश्वर नगरपालिका–११ स्थित हिलेटोलमा युना खाजाघर सञ्चालन गरेर उनले वेश्यावृत्ति गराएको आरोप छ ।

खाजा घरबाट दुई जना नाबालिगसहित ७ जनालाई प्रहरीले उद्धार गरेको छ ।  आरोपीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी फुयाँलले जानकारी दिए ।