Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 11, 2024 समाज

सङ्खुवासभामा सडेको अवस्थामा पुरुषको शव फेला

By साझासवाल 2 मिनेट पढाइ

चैत २९, सङ्खुवासभा। सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका–५ लुम्बाङमा एक पुरुषको शव फेला परेको छ।

बिहीबार बिहानको समयमा अलैंची बारीमा अन्दाजी ५० वर्ष उमेरको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। सडेको अवस्थामा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक अशोक जवेगुले जानकारी दिए।

हालसम्म शवको पहिचान गर्न नसकिएको निरीक्षक जवेगुले बताए।

‘शवको पहिचान गर्न सकिएको छैन, ‘गत चैत १६ गते एक व्यक्ति हराएको भनी जिल्ला प्रहरी कार्यालयमा जानकारी आएकाले उनका आफन्तलाई समेत बोलाएका छौं र जिल्ला मातहतका प्रहरी चौकीमा खबर भइसकेको छ’, उनले भने।

शव घटनास्थलमा नै राखिएको छ। यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।