Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 30, 2024 समाज

आफ्नै सन्तानको हत्या गर्ने आमा पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

बैशाख १८, विराटनगर | मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राई रहेकी छन्।

उनले शिशु जन्माएर हत्या गरी फ्यालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। अस्मिताले छोरा जन्माएकोमा हत्या गरेर फालेकी हुन्।

घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको र हत्या गरेर ढुंगाको चेपमा फ्यालेको प्रहरीले जनाएको छ। बाँसघरीबाट १० मिटरजति पश्चिममा रहेको ढुंगाको चेपबाट सोमबार साँझ कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव फेला परेको थियो।

शिशुको हत्या गरेर घर फर्किएकी अस्मिताको शरीरमा रगत देखेपछि शंका लागेर आफन्तले सोधपुछ गरेका थिए। सोधपुछ गर्ने क्रममा शिशुको हत्या गरेको खुलेपछि आफन्त र स्थानीयले प्रहरीलाई खबर गरेका थिए।