Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 3, 2024 समाज

खाजाघरमा अनैतिक धन्दा, दुई जना सञ्चालक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २१, काठमाडौँ । काठमाडौको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजाघरका दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दार्चुला घर भएका २९ वर्षीय लोकेन्द्र बडू र सर्लाहीको हरिवन घर भएकी ३७ बर्सिया कान्छीमाया घिसिङ छन्।

खाजाघर संचालन गरी नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा मानव बेचबिखन ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो। वेटरको काम दिन्छौँ भनेर नाबालिगहरूलाई ल्याएर उनीहरूले त्रास देखाएर वेश्यावृत्ति गराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ।

आरोपीहरूले एक जना ग्राहकबाट ५ हजारदेखि ८ हजारसम्म असुल्ने गरेको पाइएको छ। उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद लिएर ब्युरोले अनुसन्धान गरिरहेको छ ।